FAQs Complain Problems

समाचार

गाउँपालिका को संक्षित परिचय

मुगु जिल्लाका तत्कालिन २४ गा. वि. स हरु लाइ पुनर्संरचना पश्चात जम्मा ४ वटा स्थानीय तहमा सिमित गरियको छ | जस मध्ये  १ नगरपालिका र ३ वटा गाउँपालिका रहेका छन् | मुगु जिल्ला को सदरमुकाम गमगढीको उत्तरपूर्व तिर पर्ने हाम्रो गाउँपालिका भौगोलिक हिसाबले जिल्लाको सबै भन्दा ठुलो स्थानीय तह हो | पुर्व तिर से-फोक्सुन्डो गाउँपालिका डोल्पा, पश्चिममा छाँयानाथ रारा नगरपालिका मुगु र चंखेली गाउँपालिका हुम्ला, उत्तरमा चिनको स्व-शासित क्षेत्र तिब्बत र दक्षिणमा जगदुल्ला गाउँपालिका डोल्पा र पातरासी गाउँपालिका जुम्ला रहेको मुगुम कार्मरोंग गाउँपालिकाले मुगु जिल्ला को कुल क्षेत्रफल  ३५३५ वर्ग किलो मिटर को करिब ६० प्रतिशत भू-भाग अर्थात् २१०७ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ भने २०६८ को जन गणना अनुसार  ५३९६ जनसंख्या रहेको छ | साबिक का ५ वटा गा.वि.स हरु मुगु, डोल्फु, किम्री, पुलु र मान्ग्रीलाइ समावेश गरेर बनेको मुगुम कार्मरोंग गाउँपालिकामा हाल ९ वटा वडा हरु रहेका छन र गाउँपालिका को प्रस्तावित केन्द्र पुलु,  जिल्ला सदरमुकाम बाट करीब ३५ किलो मिटर को दुरी मा छ भने गा.पा भित्रका हरेक वडाहरुलाइ दुरी को हिसाब ले  केन्द्रमा पर्नेगरि केन्द्र प्रस्ताब गरियको छ | जैविक , धार्मिक र पर्यटकीय हिसाब ले प्रगाड सम्भाबना भएको हाम्रो गाउँपालिकाको नामाकरण भने सो क्षेत्र भित्र पर्ने बिशेस गरि २ वटा भोटे समुदायलाइ जोडेर गरियको छ, उत्तरको सिमा नजिक पर्ने मुगु गाउँ लागायेत को क्षेत्र लाइ मुगुम भनिने र दक्षिण पश्चिम तिर का अरु १२ वटा गाउँहरु, स्थानीय स्तर मा १२ करान भनेर परिचित गाउँ हरुलाई समेट्ने कार्मरोंग क्षेत्र  लाइ मिलाएर मुगुम कार्मरोंग राखिएको छ |

 

प्रशिद्द छायाँनाथ धाम अनि विभिन्न ऐतिहासिक महत्व बोकेका स्थानीय गुम्बा हरु जिल्ला भित्रमात्र नभै पुरै कर्णाली क्षेत्रमै परिचित छन्| हिन्दु धर्मावलम्बी हरुका ४ धाम मध्यको एक मानिने छायाँनाथको प्रर्वद्दन र प्रचारले लाखौँ को संख्या मा धार्मिक पर्यटकलाइ भित्राउन सकिने सम्भाबना लाइ मध्यनजर गर्दै यसको बिकास, प्रचार प्रसार लाइ गाउँपालिकाले विशेस प्राथमिकतामा राखेको छ | यतिमात्र नभई बहुमुल्य यार्सागुम्बा लगाएतका अन्य जडिबुटी  पाइने क्षेत्र हाम्रै गाउँपालिका भित्र पर्ने भएकाले बर्सेनि बीसौंहजार मानिस हरु जिल्ला भित्र र बाहिर बाट जडिबुटी संकलनको लागि आउने गर्छन भने डोल्फु गाउँमा अबस्थित तामाखानी यसक्षेत्रको अर्को आकर्षण हो |  सिमानाको सुन्दरगाउँ मुगु को बीच बाट बगेको मुगु कर्णाली अलि तल तिहारबगर मा आएर डोल्फु हुदै बगेको डोल्फु कर्णाली संग मिलेर बग्ने मुगु कर्णाली नेपाल को सबैभन्दा लामो नदि कर्णाली को एक हिस्सा हो | नदि मै र्याफ्टिंग, कायोकिंग को सम्भाबना अध्ययन लाइ पनि गाउँपालिका ले बिशेस प्राथमिकता मा राखेको छ| प्रस्तावित जमुनाहा-सुर्खेत-दैलेख-जुम्ला-गमगढी-नाक्चेलाग्ना अन्तररास्ट्रिय राजमार्गको निर्माण ले गाउँपालिका भित्रको मनोरम भौगोलक सुन्दरता र जैविक विविधता लाइ विश्व समुदाय सामु परिचित गराउने विश्वासले स्थानीयस्तर बाट सो राजमार्गको यथासिघ्र निर्माणको लागि नेपाल सरकार संग विशेष पहल गरिदै छ |