FAQs Complain Problems

समाचार

गा.पा वडा नं १ डोल्फु स्थित धर्मावलम्बीहरु का चार धाम मध्येको एक मानिने पवित्र छायाँनाथ धाम

Read More

वडा नं २ मुगु गाउँ र तिब्बतको बोर्डरमा अबस्थित धार्मिक महत्वको कोइकी हिमाल

Read More

मृतआत्मा हरुको सम्झनामा बनेका चिट्टीमहरु |

Read More

प्रस्ताब पेश गर्ने सम्बन्धमा (सम्बन्धित सबै विद्यालयहरु)

दस्तावेज: 

गाउँपालिका को संक्षित परिचय

मुगु जिल्लाका तत्कालिन २४ गा. वि. स हरु लाइ पुनर्संरचना पश्चात जम्मा ४ वटा स्थानीय तहमा सिमित गरियको छ | जस मध्ये  १ नगरपालिका र ३ वटा गाउँपालिका रहेका छन् | मुगु जिल्ला को सदरमुकाम गमगढीको उत्तरपूर्व तिर पर्ने हाम्रो गाउँपालिका भौगोलिक हिसाबले जिल्लाको सबै भन्दा ठुलो स्थानीय तह हो | पुर्व तिर से-फोक्सुन्डो गाउँपालिका डोल्पा, पश्चिममा छाँयानाथ रारा नगरपालिका मुगु र चंखेली गाउँपालिका हुम्ला, उत्तरमा चिनको स्व-शासित क्षेत्र तिब्बत र दक्षिणमा जगदुल्ला गाउँपालिका डोल्पा र पातरासी गाउँपालिका जुम्ला रहेको मुगुम कार्मरोंग गाउँपालिकाले मुगु जिल्ला को कुल क्षेत्रफल  ३५३५ वर्ग किलो मिटर को करिब ६० प्रतिशत भू-भाग अर्थात् करिब २१०७ वर्ग किलो मिटर क्षेत्रफल ओगटेको छ भने २०६८ को जन गणना अनुसार  ५३९६ जनसंख्या रहेको छ |साबिक का ५ वटा गा.वि.स हरु मुगु, डोल्फु, किम्री, पुलु र मान्ग्रीलाइ समावेश गरेर बनेको मुगुम कार्मरोंग गाउँपालिकामा हाल ९ वटा वडा हरु रहेका छन र गाउँपालिका को प्रस्तावित केन्द्र पुलु,  जिल्ला सदरमुकाम बाट करीब ३५ किलो मिटर को दुरी मा छ भने गा.पा भित्रका हरेक वडाहरुलाइ दुरी को हिसाब ले  केन्द्रमा पर्नेगरि केन्द्र प्रस्ताब गरियको छ | जैविक , धार्मिक र पर्यटकीय हिसाब ले प्रगाड सम्भाबना भएको हाम्रो गाउँपालिकाको नामाकरण भने सो क्षेत्र भित्र पर्ने बिशेस गरि २ वटा भोटे समुदायलाइ जोडेर गरियको छ, उत्तरको सिमा नजिक पर्ने मुगु गाउँ लागायेत को क्षेत्र लाइ मुगुम भनिने र दक्षिण पश्चिम तिर का अरु १२ वटा गाउँहरु, स्थानीय स्तर मा १२ करान भनेर परिचित गाउँ हरुलाई समेट्ने कार्मरोंग क्षेत्र  लाइ मिलाएर मुगुम कार्मरोंग राखिएको छ |

स्थानीयतह संस्थागत क्षमता स्वमुल्यांकन (LISA) सम्बन्धि ४ दिने अभिमुखीकरण तथा अन्तरकृया कार्यक्रम

मुगुम कार्मारोङ गाउँपालिका को आयोजनामा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोग तथा प्रदेश तथा स्थानीय सरकार सहयोग कार्यक्रम सुर्खेत, प्रदेश सुशासन केन्द्र सुर्खेतको समन्वयमा स्थानीयतह सँस्थागत क्षमता स्वमुल्यांकन (LISA) सम्बन्धि ४ दिने अभिमुखीकरण कार्यक्रम गा.पा केन्द्र पुलुमा सम्पन्न

सरुवा सम्बन्धमा (सम्बन्धित सबै विद्यालय तथा शिक्षक हरु)

दस्तावेज: 

Pages

जन प्रतिनिधि

उपाध्यक्ष
वडा अध्यक्ष (प्रवक्ता)

पदाधिकारी

प्रमुख प्रशासकीय अधिकृत
शाखा अधिकृत
सूचना तथा संचार प्रविधि अधिकृत
अधिकृत छैटौं (सुचना अधिकारि)